कानून बन्दैछन्, औद्योगिक क्षेत्र छिट्टै: पर्यटनमन्त्री थापामगर
पाेखरा | मंसिर २१, २०८०
तस्बिर फाइल
पोखरा: गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापामगरले युवा पलायन देशको प्रमुख समस्या भएको बताउँदै रोजगारी सिर्जनाले मात्र पलायन रोक्न सकिने बताएका छन् ।
पोखरा नयाँबजारमा आजदेखि सुरु भएको समृद्धि स्टिल्स ३२ औं राष्ट्रिय पोखरा औद्योगिक व्यापार मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापामगरले रोजगारी सिर्जनाको लागि प्रदेश सरकारले वन ऐन ल्याएको र अव प्रदेशले जडिबुटी र काष्ठ उद्योगलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने बताए ।
उनले पोखरा महानगरको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको लागि अन्तिम कार्य भइरहेको बताउँदै अन्य पालिकाहरुमा पनि औद्योगिक ग्राम खोलिने बताए ।
उनले गण्डकी क्षेत्र पदयात्राको लागि प्रख्यात रहेको र पदयात्रा मार्ग मासिँदा पर्यटन उद्योगमा असर परेको स्वीकार्दै अव वैकल्पिक पदयात्रा मार्गको निर्माणलाई विशेष महत्व दिइने पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद विन्दुकुमार थापाले फेवाताल वरपरका जग्गाधनीहरुलाई उचित मुआब्जाको ग्यारेण्टी गर्दै फेवाताल संरक्षणको योजना अगाडि बढाउनुपर्ने बताए । उनले पोखरामा स्थायी प्रदर्शनी केन्द्र निर्माणलगायतका भौतिक पूर्वाधारका काममा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

